५ आश्विन २०८३, सोमबार

काठमाडौँको गोंगबुबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

149

काठमाडौँ । टोखा नगरपालिका–९ गोंगबु लक्ष्मीनगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। ५ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा झापा घर भई हाल गोंगबुमा डेरा गरी बस्ने २५ वर्षीय मन्दत राई र नवलपरासी पश्चिम घर भई हाल टोखा–९ दीपज्योति बस्ने २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन्।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले मन्दत राईको कोठा खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको हो। पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.