५ आश्विन २०८३, सोमबार

उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

171

उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रातको १० बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का उदयपुर र यसका आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । रातको समयमा भूकम्प गएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भइसकेको छैन । थप विवरण आउन बाँकी छ ।

Author

Leave A Reply

Your email address will not be published.