५ आश्विन २०८३, सोमबार

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

179

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर नगरपालिका-११ बस्ने सुनसरी इनरूवा नगरपालिका-१ घर भएका ३८ वर्षीय विशाल कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विशालले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-११ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Author

Leave A Reply

Your email address will not be published.