५ आश्विन २०८३, सोमबार

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

176

भक्तपुर, सूर्यबिनायक नगरपालिका-३ बालकोट अधिकारी टोलस्थित भोजपुर षडानन्द नगरपालिका-६ घर भएका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले संचालन गरेको बालकोट चुल्हो कफि तथा खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ५ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.