५ आश्विन २०८३, सोमबार

१८ वर्ष पुरानो हत्या घटनाका फरार प्रतिवादी पक्राउ

218

पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ का ५४ वर्षीय बिनोद प्रसाद कुर्मी (बिनोद पटेल) रहेका छन्।

उनले २०६३ असोज ५ गते साविक लिपनी विर्ता गाविस–८ का २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको हत्या गरेको आरोप छ। घटनापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका–२१ बाट बुधबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.