५ आश्विन २०८३, सोमबार

सीटीईभीटीको पुनसंरचना गरिँदै: सुरेशराज शर्मा नेतृत्वको कार्यदलले बुझायो प्रतिवेदन

211

२०८२ मङ्सिर २१ गते आइतबार, काठमाडौं।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको पुनसंरचना प्रक्रिया अघि बढेको छ। समयको मागअनुसार प्राविधिक तालिम कार्यक्रमलाई सुधार र परिमार्जन गर्ने उद्देश्यले गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।

शिक्षामन्त्री महावीर पुनका अनुसार, सीटीईभीटीको पुनसंरचना नगरि नहुने आवश्यकता महसुस भएपछि काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले गठन भएको एक महिनाभित्रै अध्ययन पूरा गरी प्रतिवेदन बुझाएको हो।
पुनले अब उक्त प्रतिवेदनका आधारमा परिषद्को पुनर्संचनाको काम तीव्र गतिमा (भटाभट्) अघि बढ्ने जानकारी दिएका छन्। प्रतिवेदन कार्यान्वयन गर्न र पुनसंरचनाको कामलाई तत्काल अघि बढाउनका लागि ‘कार्यान्वयन समिति’ समेत गठन भइसकेको जनाइएको छ।

यो कदमले नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा समयसापेक्ष सुधार ल्याउने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.