१५ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री ओली दोहा प्रस्थान

203

२०८२ असार २० गते शुक्रबार, काठमाडौं।

मेड्रिड (स्पेन), स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गर्नुभयो ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । गत असार १४ गते स्पेन आउनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।

Author

Leave A Reply

Your email address will not be published.