डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ
२०८२ असार १९ गते बिहिबार, काठमाडौं।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध कल सेन्टर, अनलाइन डेटिङ स्क्याम र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार, ललितपुरको दमकल चोकमा ‘सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रा.लि.’ नामक कम्पनी दर्ता गरी उनीहरूले गैरकानुनी रूपमा कल सेन्टर र ‘मेटो डेटिङ एप’ सञ्चालन गर्दै आएका थिए। सोही समूहले काठमाडौंको चागलमा समेत शाखा कार्यालय खोली नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर अनलाइन डेटिङ स्क्याम र क्रिप्टो कारोबार गराउँदै आएको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ नगद, ७ थान ल्यापटप र ५४ थान मोबाइल फोन बरामद गरेको छ।