४ आश्विन २०८३, आईतवार

बंगलादेशको नयाँ सरकारको शपथ ग्रहणमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाका प्रस्थान

147

काठमाडौँ, ४ फागुन २०८२ 
परराष्ट्रमन्त्री माननीय बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दै हुनुहुन्छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री शर्माको यस भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र दुई देशबीचको आपसी सहयोगलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

भ्रमणका क्रममा मन्त्री शर्माका साथमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहनेछ। मन्त्री शर्मा भ्रमण पूरा गरी आगामी १९ फेब्रुअरी २०२६ (७ फागुन २०८२) मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.