काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौं ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी घर भई हाल सोही ठाउँमा डेरा गरी बस्ने २५ वर्षीया प्रमिला घिमिरे र ५३ वर्षीय प्रेम कुमार राय रहेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो प्रमिलाको कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ४ सय ४० मिलिग्राम र सो पदार्थ तौलन प्रयोग गरिने २ थान डिजिटल तराजु फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।