४ आश्विन २०८३, आईतवार

बालेन शाह पाथिभरा मन्दिरमा

177

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका बालेन शाहले बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा मन्दिर पुगेर पूजाअर्चना गरेका छन्। श्रीपञ्चमीको अवसर पारेर मन्दिर पुगेका उनले मुलुकको समृद्धि र आफ्नो चुनावी सफलताको कामना गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट मैदानमा उत्रिएका शाह यतिबेला पूर्वी पहाडको भ्रमणमा छन्। झापाबाट सुरु भएको उनको यो यात्राले पहाडी जिल्लाका बासिन्दासँग भावनात्मक सम्बन्ध जोड्ने लक्ष्य राखेको देखिन्छ। पाथिभराको दर्शनपछि आजै झापा फर्कने शाहले अब आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई थप तीव्रता दिने तयारी गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.