५ आश्विन २०८३, सोमबार

एमालेद्वारा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय, उम्मेदवारहरूको सूची तयार

254

२०८२ माघ ०४ गते आईतबार, काठमाडौं।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले आगामी निर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको छ। पार्टीको पूर्ण बहुमत ल्याउने लक्ष्यलाई केन्द्रमा राख्दै एमालेले सातै प्रदेशका प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली समेत टुङ्गो लगाएको छ।
बैठकले देशको राजनीतिक स्थायित्वका लागि एमालेको एकल बहुमत आवश्यक रहेको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीलाई भावी नेतृत्वका रूपमा प्रस्तुत गरेको हो।
मुख्य उम्मेदवारहरू र क्षेत्रीय बाँडफाँट
एमालेले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेशको झापा क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार बन्नेछन्। यस्तै, अन्य मुख्य नेताहरूमा इलामबाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्र राई, र झापाबाट देवराज घिमिरे रहेका छन्।
मधेश प्रदेशमा रघुवीर महासेठ, जुली महतो र लिलानाथ श्रेष्ठ जस्ता प्रभावशाली नेताहरूलाई व्यवस्थापन गरिएको छ भने बागमती प्रदेशमा महेश बस्नेत, पार्वत गुरुङ र शेरबहादुर तामाङले टिकट पाएका छन्।
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ र पदम गिरी उम्मेदवार बन्ने पक्का भएको छ। लुम्बिनी प्रदेशमा प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई क्रमशः गुल्मी १ र २ बाट उम्मेदवार बनाइएको छ भने विष्णुप्रसाद पौडेललाई पाल्पा-२ बाट सिफारिस गरिएको छ।
केही क्षेत्रको निर्णय अध्यक्षकै हातमा
पार्टीले अधिकांश क्षेत्रको टुङ्गो लगाए पनि केही विवादित वा संवेदनशील क्षेत्रहरूको जिम्मेवारी अध्यक्ष ओलीलाई सुम्पिएको छ। रुपन्देहीका केही क्षेत्र, दाङका केही क्षेत्र (जसमा महासचिवको चाहना बुझेर निर्णय गरिने भनिएको छ), काभ्रे १ वटा निर्वाचन क्षेत्र, काठमाडौँका ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको निर्णय हुन बाँकी छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पुराना र स्थापित नेताहरूलाई प्राथमिकता दिइएको छ। सुदूरपश्चिममा लेखराज भट्ट र दामोदर भण्डारी मुख्य उम्मेदवारका रूपमा अघि सारिएका छन्।
पार्टीले आफ्ना कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ निर्वाचनमा होमिन निर्देशन दिँदै बाँकी रहेका क्षेत्रहरूको उम्मेदवारी पनि चाँडै टुङ्ग्याइने जनाएको छ।

हेर्नुस सूची :

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.