आधिकारिकताको विवाद: देउवा समूह सर्वोच्च अदालतमा
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आयोगले आधिकारिकता दिएपछि देउवा समूहले त्यसलाई खारेज गरी आफ्नै समितिलाई वैधानिकता दिन माग गर्दै रिट हालेको हो।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरू रिट लिएर सर्वोच्च पुगेका थिए।