५ आश्विन २०८३, सोमबार

कारबाहीपछि गगनको आक्रोश: “कांग्रेस तपाईंको निजी कम्पनी हो र?”

188

नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री गगन थापाले पार्टी नेतृत्वको निर्णयप्रति कडा आक्रोश व्यक्त गरेका छन्। कारबाहीको निर्णय सार्वजनिक भएलगत्तै काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस कसैको “निजी कम्पनी” नभएको टिप्पणी गरे।

“मैले समाचार सुनेँ, तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई? तपाईंको घरबाट निकाल्नुभएको हो?” भन्दै उनले नेतृत्वलाई प्रश्न गरे। आफू कक्षा ९ देखि नै पार्टीको झण्डा बोकेर २०४६ र २०६२/६३ को आन्दोलनमा लडेको स्मरण गर्दै थापाले आफूहरू नै “असली कांग्रेस” भएको दाबी गरे।

विशेष महाधिवेशनमा २४८८ जना प्रतिनिधि सहभागी रहेको उल्लेख गर्दै उनले बीपी कोइराला र गणेशमान सिंहको विचार र चरित्र बोक्ने समूह नै वास्तविक कांग्रेस हुने जिकिर गरे। संस्थापन पक्षले कारबाही गरे पनि थापाले आफूहरूको वैधानिकतामाथि कसैले प्रश्न उठाउन नसक्ने चुनौती दिएका छन्।

Author

Leave A Reply

Your email address will not be published.