रास्वपाको केन्द्रीय सदस्यमा समीक्षा बास्कोटा र रञ्जु दर्शनासहित ७ जना मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकतामा आएका ७ जना नेताहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ। आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा चयन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनीष झाका अनुसार मनोनित हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।
विवेकशील साझा र रास्वपाबीच गत मंसिर १४ गते औपचारिक रूपमा पार्टी एकता भएको थियो। सोही एकता प्रक्रियाको निरन्तरता स्वरूप उनीहरूलाई केन्द्रीय समितिमा भित्र्याइएको रास्वपाले जनाएको छ।