५ आश्विन २०८३, सोमबार

दिल्ली जानुअघि ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

197

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार बिहान भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एक निजी घरमा दुई नेताबीच एक्लाएक्लै छलफल भएको हो ।

आजै साँझ भारतको नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रचण्डले भ्रमणअघि ओलीसँग भेट गरेका हुन् । भेटमा के विषयमा छलफल भयो भन्नेबारे आधिकारिक रूपमा नखुलाइए पनि आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाबीच हुन सक्ने चुनावी गठबन्धनबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रचण्ड विभिन्न कम्युनिस्ट घटकका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न आज साँझ दिल्ली जाँदैछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

Author

Leave A Reply

Your email address will not be published.