निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री र ओलीबीच छलफल
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान ओली निवास गुण्डु पुगेका मन्त्री खरेलले आगामी निर्वाचनको तयारी र राजनीतिक सहमतिका विषयमा छलफल गर्नुभएको हो।
भेटमा निर्वाचनलाई निष्पक्ष बनाउने र अध्यक्ष ओलीमाथि लगाइएको उपत्यका बाहिरको यात्रा प्रतिबन्धका विषयमा समेत कुराकानी भएको छ। निर्वाचनको वातावरण बनेमा एमाले सहभागी हुने संकेत दिएको छ। मन्त्री खरेलले आजै कांग्रेस सभापति देउवालाई भेटिसक्नुभएको छ भने दिउँसो प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ।