नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री नियुक्त हुने भएका छन्। उनलाई आज दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा सरकारमा सहभागी हुन लागेका शर्माले रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। हाल यी दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आउनुभएको छ।