५ आश्विन २०८३, सोमबार

मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री कार्कीको जोड; सरकारी कार्यालयमा हप्ताको एक दिन मौलिक पोशाकको प्रस्ताव

189

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा नेपालीले आफ्नो मौलिक पहिचान र संस्कृति बिर्सन नहुने बताएकी छिन्। आइतबार तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले परम्परागत वेशभूषा र संस्कृतिको संरक्षणमा जोड दिएकी हुन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकारी कर्मचारीहरूले हप्तामा कम्तीमा एक दिन आ-आफ्नो परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सरकारले सोच्न सक्ने धारणा राखिन्। संस्कृतिभित्र रहेका नकारात्मक पक्षलाई हटाउँदै मौलिकता जोगाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

Author

Leave A Reply

Your email address will not be published.