५ आश्विन २०८३, सोमबार

रिहा भए रवि लामिछाने: पौने ३ करोडको बैंक जमानत र १ करोड धरौटी बुझाए

274

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार साँझ थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबमोजिम जिल्ला अदालत रुपन्देहीमा आवश्यक धरौटी र बैंक जमानत बुझाएपछि उनी रिहा भएका हुन्।

लामिछानेले १ करोड रुपैयाँ धरौटी र २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका छन्। अदालतको सर्तअनुसार लामिछानेले विदेश जाँदा अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्नेछ। साथै, मुद्दाको अन्तिम फैसला हुँदा थप कुनै आर्थिक दायित्व सिर्जना भएमा त्यसलाई व्यहोर्नुपर्ने सर्त समेत उनले स्वीकार गरेका छन्। सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने अब थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

Author

Leave A Reply

Your email address will not be published.