५ आश्विन २०८३, सोमबार

एमाले केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी

220

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी १९११ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

तत्कालीन एकीकृत समाजवादीकी नेतृ झाँक्री केही समयअघि मात्रै एमाले फर्किएकी थिइन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असहमति जनाउँदै उनी एमालेमा समाहित भएकी थिइन्। एमाले फर्किएलगत्तै भएको महाधिवेशनमा उनले लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेकी छन्।

Author

Leave A Reply

Your email address will not be published.