५ आश्विन २०८३, सोमबार

सहकारी ठगी प्रकरण: ३ करोड ६८ लाख धरौटीमा रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

214

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत र थप १ करोड रुपैयाँ धरौटी गरी कुल ३ करोड ६८ लाख रुपैयाँ बुझाएमा थुनामुक्त गर्न आदेश दिइएको छ ।

लामिछानेले बिगो बराबरको रकम बुझाएर थुनाबाहिरै बसी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका थिए । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने सोही आदेश बमोजिम आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुँदैछन् ।

Author

Leave A Reply

Your email address will not be published.