५ आश्विन २०८३, सोमबार

एमाले महाधिवेशन: पदाधिकारीमा ईश्वर पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्र विजयी

189

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारी तहमा दुई जना मात्र निर्वाचित भएका छन् । अधिकांश पदमा संस्थापन (केपी ओली) प्यानलको वर्चस्व रहँदा पोखरेल समूहबाट गोकर्ण विष्ट र योगेश भट्टराईले मात्र जित निकाल्न सफल भएका हुन् ।

उपाध्यक्ष पदमा गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले १३६८ मत प्राप्त गर्दै उपाध्यक्षका उम्मेदवारहरूमध्ये तेस्रो स्थान हासिल गरेर विजय सुनिश्चित गरे ।

त्यसैगरी, उपमहासचिव पदमा सोही प्यानलका योगेश भट्टराई विजयी भएका छन् । उनले १३४८ मत प्राप्त गर्दै उपमहासचिवको सूचीमा तेस्रो स्थान कायम गरेर जित हासिल गरे ।

अध्यक्षमा पोखरेल आफैँ केपी शर्मा ओलीसँग भारी मतान्तरले पराजित भए पनि उनको प्यानलबाट विष्ट र भट्टराईले पदाधिकारीमा स्थान सुरक्षित गरेका हुन् । अन्य अधिकांश पदाधिकारी पदमा भने ओली प्यानलकै उम्मेदवारहरू विजयी भएका छन् ।

Author

Leave A Reply

Your email address will not be published.