५ आश्विन २०८३, सोमबार

रास्वपा सभापति रवि लामिछाने रिहा हुँदै

218

सहकारी ठगी प्रकरणमा ८ महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदैछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत र थप १ करोड रुपैयाँ धरौटी गरी कुल ३ करोड ६८ लाख रुपैयाँ बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो।

बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आज काठमाडौंबाट भैरहवा जाँदैछन्। बिहीबार कार्यालय समय सकिएकाले उनको रिहाइको प्रक्रिया आज (शुक्रबार) मात्र सुरु हुन लागेको हो।

Author

Leave A Reply

Your email address will not be published.