५ आश्विन २०८३, सोमबार

विधान मिचेर पद बढाउन खोज्नु ‘मनपरीतन्त्र’ हो : सुरेन्द्र पाण्डे

222

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले महाधिवेशनको बन्दसत्रमा विधान विपरीत कमिटीको आकार बढाउने तयारीप्रति कडा आपत्ति जनाएका छन्।

विधान अधिवेशनले तय गरेको पदाधिकारी र सदस्य संख्यालाई लत्याउँदै अहिले फेरि कोटाका नाममा संख्या बढाउन खोज्नुलाई उनले ‘सरासर मनपरी’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै पाण्डेले प्रश्न गरेका छन्, “के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने?”

अहिले आएर विधानमा दायाँ–बाँया गर्दा विधान अधिवेशनको औचित्य नै समाप्त हुने उनको तर्क छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य रहेको भन्दै नेता पाण्डेले मनपरीतन्त्र विरुद्धको लडाइँ जारी रहने चेतावनी दिएका छन्।

Author

Leave A Reply

Your email address will not be published.