अभिव्यक्ति विवादित बनेपछि प्रधानमन्त्री सुशीला कार्कीको स्पष्टीकरण : ‘कुनै धर्मलाई होच्याउने नियत छैन’
२०८२ मङ्सिर १४ गते आइतबार, काठमाडौं।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छिन्।
आफ्नो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र जनस्तरमा विभिन्न टीका–टिप्पणी भएपछि कार्कीले आफ्नो भनाइको आशय कुनै पनि धर्म वा समुदायलाई होच्याउने नरहेको स्पष्ट पारेकी हुन्।
उनले भनेकी छिन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ।’ उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा अनुरोध समेत गरेकी छिन्।