४ आश्विन २०८३, आईतवार

बारा–४ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको उम्मेदवारी

189

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) तथा समुन्नत नेपाल पार्टीका सभापति सर्वेन्द्र खनालले बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मनोनयन दर्ता गराउँदै उनले ३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेको र अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने बताएका छन् ।

खनालको पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर ‘बाँसुरी’ चुनाव चिन्हका साथ चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि नेकपा एमालेबाट काठमाडौँ र तनहुँमा निर्वाचन लडेका खनालले यसपटक मधेशको बाराबाट उम्मेदवारी दिएका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.