५ आश्विन २०८३, सोमबार

गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको तत्काल राहत, देउवाको रिटमा अन्तरिम आदेश अस्वीकार

186

काठमाडौँ: निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई दिएको आधिकारिकता विरुद्ध शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस विषयमा जटिल संवैधानिक र कानुनी प्रश्नहरूको निरूपण अन्तिम सुनुवाइका क्रममा हुने भन्दै तत्काल अन्तरिम आदेश दिन नपर्ने ठहर्‍याएको हो। देउवा पक्षले गगन थापा निर्वाचित भएको विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै आज (मंगलबार) भइरहेको उम्मेदवारी दर्ता रोक्न माग गरेको थियो। अदालतको यो निर्णयसँगै हाललाई गगन थापा नेतृत्वको कार्यसमितिले नै आधिकारिकता पाउने बाटो खुला भएको छ।

Author

Leave A Reply

Your email address will not be published.