४ आश्विन २०८३, आईतवार

कांग्रेस विवाद: रणनीति बनाउन शेखर समूहको भेला

174

नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला डा. शेखर कोइराला समूहको भेला काठमाडौँको बत्तिसपुतलीमा सुरु भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि र त्यसविरुद्ध शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएपछि शेखर पक्षले आफ्नो धारणा तय गर्न यो भेला बोलाएको हो। भेलामा डा. कोइरालासहित धनराज गुरुङ, बलबहादुर केसी, जीवन परियार लगायतका नेताहरू सहभागी छन्।

भेलाले वर्तमान कानूनी विवाद र आगामी निर्वाचनको तयारीका विषयमा ठोस रणनीति बनाउने बताइएको छ। देउवा समूह अदालत गए पनि शेखर समूहले अहिलेसम्म यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Author

Leave A Reply

Your email address will not be published.