५ आश्विन २०८३, सोमबार

नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित

167

नेपाली कांग्रेसले पार्टीको निर्णय विपरीत ‘विशेष महाधिवेशन’ आयोजना गरेको भन्दै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पार्टीबाट निष्कासन गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार विधान २०१७ को धारा २२ र ३४ बमोजिम उनीहरूलाई अनुशासनको कारबाही गरिएको हो।

यता, थापा र शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी राखेको छ। उक्त महाधिवेशनमा सभापतिका लागि गगन थापा र महामन्त्रीका लागि विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। संस्थापन पक्षले कारबाही गरे पनि विशेष महाधिवेशन पक्षले आजै राति ८ बजेदेखि मतदान गर्ने तयारी गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.