विशेष महाधिवेशनमा सभापति देउवा नजाने, सचिवालयले गर्यो भ्रमको खण्डन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भनी सामाजिक सञ्जालमा फैलिएको सूचनाको उनको सचिवालयले खण्डन गरेको छ।
सचिवालयले एक सूचना जारी गर्दै सभापति देउवा उक्त कार्यक्रममा जाने कुनै तालिका नरहेको स्पष्ट पारेका छ। भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरिएको भन्दै सचिवालयले यसतर्फ सबैको ध्यानाकर्षण गराएको छ।
पार्टीको संस्थापन पक्ष सहभागी नभएको यस विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौँमा भइरहेको छ। बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भनिएको उक्त कार्यक्रममा आजदेखि बन्दसत्र सुरु हुने तयारी छ, तर सभापति देउवासहित संस्थापन पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।