५ आश्विन २०८३, सोमबार

एमाले महाधिवेशन: सचिवमा गोकुल बास्कोटा पराजित, १० औँ नम्बरमा खुम्चिए

167

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटा पार्टीको ११ औँ महाधिवेशनमा सचिव पदमा पराजित भएका छन् । ईश्वर पोखरेलको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका बास्कोटाले निर्वाचित हुन आवश्यक मत ल्याउन सकेनन् ।

एमालेमा ९ जना सचिवका लागि भएको निर्वाचनमा बास्कोटाले १०३० मत मात्र प्राप्त गरे । उनी उम्मेदवारहरूको वरीयतामा १० औँ नम्बरमा परेपछि पदाधिकारीमा अटाउन असफल भएका हुन् ।

अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको समूहबाट चुनावी मैदानमा उत्रिएका बास्कोटाको पराजयलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। सोही प्यानलका अधिकांश उम्मेदवारहरू पराजित भइरहँदा बास्कोटा पनि सचिवको दौडबाट बाहिरिएका हुन् । सचिवका अन्य ९ पदमा भने संस्थापन (ओली) प्यानलका उम्मेदवारहरूको वर्चस्व रहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.