५ आश्विन २०८३, सोमबार

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ‘ह्याट्रिक’, भारी मतान्तरले विजयी

203

काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओलीले पार्टीको नेतृत्वमा ‘ह्याट्रिक’ गरेका हुन् ।

सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार ओलीले १६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ५६४ मत मात्रै ल्याउन सफल भए । एमालेको निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यो विजयसँगै ओली एमालेको इतिहासमा लगातार तीन पटक अध्यक्ष बन्ने पहिलो नेता बनेका छन् । यसअघि नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका ओली त्यसपछिका कार्यकालमा पनि निर्विकल्प जस्तै बन्दै आएका छन् । औपचारिक घोषणापछि उनले आगामी कार्यकालका लागि पार्टीको कमाण्ड सम्हाल्नेछन् ।

Author

Leave A Reply

Your email address will not be published.