५ आश्विन २०८३, सोमबार

शिक्षामन्त्री महाबिर पुनको ‘बबाल’ माग-‘कुटी’ माग्दा ‘दरबार’ बनाउने इन्जिनियरलाई कडा कारबाही होस् !

474

२०८२ मङ्सिर २१ गते आइतबार, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एउटा ‘गम्भीर अपराध’ पत्ता लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नयाँ घरलाई लिएर चलिरहेको विवादमा इन्ट्री मार्दै पुनले नक्सा डिजाइन गर्ने इन्जिनियरलाई तत्काल पक्राउ गरेर ‘घोर बेइज्जती’ तथा मानहानीको मुद्दा लगाउन माग गरेका हुन् ।

उनको रिसको कारण भने निकै जायज (र हँसाउने) छ । पुनका अनुसार, विचरा हाकिम (केपी ओली) ले त जम्मा २ जना बस्ने सानो ‘कुटी’ बनाउन आदेश दिएका थिए होलान्, तर इन्जिनियरले आदेशको बर्खिलाप गर्दै सिधै ‘दरबार’ ठड्याइदिएछन् ।

सामाजिक सञ्जालमा व्यंग्य कस्दै पुनले लेखेका छन्– “यो नक्सा डिजाइन गर्ने इञ्जीनियरलाई सख्त कारबाही गर्नुपर्छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त ? कहाँसम्मको लापरवाही हो यो ?”

नेताहरूले ‘कुटी’ भने पनि जनताले ‘महल’ देखिरहेको अवस्थामा, महावीर पुनले दोषजति सबै ‘बिचरा इन्जिनियर’ को टाउकोमा हालेर रमाइलो पारामा असन्तुष्टि पोखेका हुन् । उनको यो स्टाटस पढेपछि कमेन्टमा हाँस्नेहरूको लर्को लागेको छ ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.