५ आश्विन २०८३, सोमबार

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, नाम र चिन्ह ‘घण्टी’ नै रहने

237

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा भएको छ। १४ मंसिरमा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दुई दलले ५ बुँदे सहमति गर्दै एकीकरणको घोषणा गरेका हुन्।

सम्झौता पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरे।

सहमति अनुसार एकीकृत पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टी’ नै रहनेछ। एकता प्रक्रियामा विवेकशील अभियानका संस्थापक स्व. उज्वल थापाको योगदानलाई विशेष मान्यता दिइने र विवेकशीलका नेताहरूलाई रास्वपाको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा केन्द्रीय सदस्य सरहको हैसियतमा समायोजन गरिने सहमति भएको छ।

Author

Leave A Reply

Your email address will not be published.